नियम १०
सीलबन्दी गर्दा स्पष्ट छाप लगाउने

(१) निरीक्षकले औषधि राखिएको भाडो सीलबन्दी गर्दा सो भा“डोको कम्तीमा विभिन्न चार ठाउमा औषधि धनी वा निजको प्रतिनिधिले र निरीक्षकले आ–आफ्नो नाउको छाप स्पष्ट रुपले बुझिने गरी सीलबन्दी गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम औषधि धनी वा निजको प्रतिनिधिले सीलबन्दी गरी नदिएमा निरीक्षकले नगरपालिका वा गाउ विकास समितिको कुनै एकजना प्रतिनिधि वा सरकारी कार्यालयको कुनै एकजना कर्मचारी साक्षी राखी सो भाडोको कम्तीमा विभिन्न चार ठाउमा आफ्नो नाउको छाप स्पष्ट रुपले बुझिने गरी सीलबन्दी गर्नु पर्नेछ ।